समाचार मुस्ताङमा ७१.८४ प्रतिशत मतदान
Ujyaalo

मुस्ताङ, मंसिर १० – मुस्ताङमा ७१ दशमलव ८४ प्रतिशत भन्दा बढी मतदान भएको छ । ३७ मतदान केन्द्र रहेको मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता रहेकोमा ६ हजार ७ सय ७३ जनाले भोट दिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बालकृष्ण मिश्रले जानकारी दिनुभयो ।

प्रदेशसभा क निर्वाचन क्षेत्रमा ३ हजार १ सय ५६ मतदाता रहेकोमा १ हजार ८ सय ३६ जनाले मतदान गरेका छन् । ५८ प्रतिशत मतदान भएको क क्षेत्रको मतपेटिका आइतबार संकलन गरी सोमबार दिउँसो मात्रै सदरमुकाम ल्याइने उहाँले जानकारी दिनुभयो ।

यस्तै प्रदेशसभा ख निर्वाचन क्षेत्रमा ६ हजार २ सय ७१ मतदाता रहेमा ४ हजार ९ सय ३७ जनाले भोट दिएका छन् । ७९ प्रतिशत मतदान भएको यो क्षेत्रको मतपेटिका आइतबार राति १० बजेसम्म सदरमुकाममा ल्याइने मिश्रले बताउनुभयो ।

जिल्लाका सबै ३७ निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको उहाँले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार