समाचार लमजुङमा ७० प्रतिशत मत खस्यो, भोलिसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसक्ने
Ujyaalo

लमजुङ, मंसिर १० – लमजुङमा पहिलो चरण अन्तर्गत भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा झण्डै ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

कूल १ लाख १५ हजार ४ सय ४१ मतदाता रहेको लमजुङमा ७० प्रतिशत मत खसेको हो । १ सय ६५ मतदान केन्द्र रहेको लमजुङमा सदरमुकाम नजिक रहेको बेसीसहर नगरपालिकाका केही मतदान केन्द्रबाट जिल्ला निर्वाचन आयोगमा मतपेटिका ल्याइसकिएको जिल्ला निर्वाचन आयोगका प्रमुख तुलसी प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

चार गाउँपालिका र चार नगरपालिका रहेको लमजुङका अन्य मतदान केन्द्रबाट भने सोमबार बिहान सम्म मतपेटिका आई पुग्ने उहाँले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार