समाचार बाजुुरामा ७६ प्रतिशत भन्दा धेरै मत खस्यो
Ujyaalo

निमेन्द्र शाही/उज्यालो ।

बाजुरा, मंसिर १०– बाजुरामा ७६ प्रतिशत भन्दा धेरै मत खसेको छ । बाजुराका ९ वटा स्थानिय तहका ६९ वटा वडामा रहेका एक सय मतदान केन्द्रमा ७६ दशमलव २० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सोमबारसम्ममा सदरमुकाम ल्याउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हिमाली गाउँपालिकाका तिन वटा वडाका चार मतदान केन्द्रका मतपेटिका सोमबार हेलिकप्टरबाट सदरमुकाम ल्याउने तयारी रहेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताउनुभएको छ ।

सडक सञ्जाल जोडिएका मदतान केन्द्रका मतपेटिका भने आइतबार मध्यरातीसम्ममा सदरमुकाम पुर्याउने तयारी छ । स्थानीय तहको निर्वाचनमा बाजुरा जिल्लामा देशकै सबै भन्दा बढी मत अर्थात ८१ प्रतिशत खसेको थियो ।

समग्रमा बढ्यो

बाजुरा जिल्ला हिमाली जिल्ला र गरिबीको सुचाङ्कमा पुछारको जिल्ला पनि हो । जिल्लामा रोजगारीको अवसर नभएकाले बाजुरका धेरै पुरुष कामको लागि भारत जाने गर्छन । स्थानीय तहको चुनाव पनि खेतिपाती लगाउने समयमा परेकोले घर आएका सबैले मतदान गर्न पाएका थिए ।

यस पटक पनि हिउँदे खेतीपाती लगाउँन घर आएका सबैले मतदान गर्न भ्याएकाले धेरै मतदान भएको हो । यस्तै उम्मेद्धारले शहरी क्षेत्रमा भएका बिद्यार्थी र कर्मचारीहरुलाई समेत गाडी भाडा दिएर जिल्लामा बोलाएका कारण धेरै मत खसेको अनुमान गरिएको छ ।

स्थानीय तहको भन्दा घट्यो

हिमाली क्षेत्रका बासिन्दाहरु चिसो बढेका कारण बेसी तिर झरेकाले मतदान गर्ने अबसर पाएनन् । हिमाली गाउँका बासिन्दा मंसिर सुरु हुने वित्तिकै बेसी झर्ने गर्छन् ।

स्थानीय तहको चुनाव ठ्याक्कै खेतीपाती लगाउने बेला भएकाले भारतबाट गाउँ आएकाहरु फर्किएका थिएनन् । तर यसपटक भने हिउँदे बाली लगाएर केही मतदाता फर्किसकेकाले स्थानीय तहको चुनावमा भन्दा केही कम मत खसेको अनुमान गरिएको छ ।

केही भारत बाट काममा आएकाहरु खेतीपातीको काम सकेर भारत लागि सकेका थिए । त्यस कारण पनि जिल्लाको मतदानको स्थिती घटेको नेपाल पत्रकार महाँसंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार