समाचार दार्चुलामा ६९ प्रतिशत मत खस्यो, २ वटा गाउँपालिकाकाे मतपेटिका हेलिकप्टरबाट भोलि ल्याइने
Ujyaalo

दार्चुला, मंसिर १०– दार्चुलामा ६९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ७८ हजार ५ सय १३ मतदाता मध्ये ५४ हजार ४ सय १४ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो ।

स्थानीय तहको चुनावमा दार्चुलामा ७० प्रतिशत मत खसेको थियो । मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीको काम शुरु भएको र केही स्थानका मतपेटिका भोलि मात्रै सदरमुकाम ल्याइने उहाँले बताउनुभयो ।

दार्चुलाको अपि हिमाल गाउँपालिका र ब्यास गाउँपालिकाका मतपेटिका हेलिकेप्टरबाट भोलि मात्रै संकलन गरिने उहाँले बताउनु भयो ।

Share It

Post Comments
थप समाचार