समाचार दोलखाका ७ मतदान केन्दको मतपेटिका सोमबार मात्रै सदरमुकाम आइपुग्ने
Ujyaalo

दोलखा,मंसिर १० – दोलखाको उत्तरी क्षेत्रको विकटमा पर्ने सात वटा मतदान केन्द्रको मतपेटिका सोमबार मात्रै सदरमुकाम आइपुग्ने भएको छ । सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्र लप्ची, वेदिङ, लुम्नाङ, टासिनाम, सिमीगाउँ, खारे, छासेखारे लगायतका स्थानका मतपेटिका उच्च सुरक्षाका साथ स्थलमार्गबाट ल्याइने भएकाले सोमबारसम्म ल्याइने दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिनुभयो ।


प्रतिनिधि र प्रदेशसभा चुनावका लागि दोलखाबाट ३८ उम्मेदवार चुनावी मैदानमा छन् । दोलखामा ७३ हजार ८ सय ७८ पुरुष र ७४ हजार ४५ जना महिला गरी कुल एक लाख ४७ हजार ९ सय २३ मतदाता रहेका छन् ।

दोलखामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Share It

Post Comments
थप समाचार