समाचार प्रदेश १ मा स्थानीय तहको चुनावको जति मत खसेन
Ujyaalo

काठमाडौं, मंसिर १० – प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावमा प्रदेश नम्बर १ का जिल्लामा ५७ प्रतिशतदेखि ६५ प्रतिशतसम्म मत खसेको छ ।

प्रदेश नम्बर १ का सात वटा जिल्लामध्ये सबै भन्दा धेरै ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा र संखुवासभामा ६५ प्रतिशत र सबैभन्दा कम खोटाङमा ५७ प्रतिशत मत खसेको छ ।

यस्तै सोलुखुम्बुमा ६० प्रतिशत र भोजपुरमा ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

सबै जिल्लामा स्थानीय तहको भन्दा कम मत

अहिले ६५ प्रतिशत मत खसेको ताप्लेजुङमा स्थानीय तहको चुनावमा ७१ प्रतिशत मत खसेको थियो । अहिले ६० प्रतिशत मत खसेको संखुवासभामा स्थानीय निकायको चुनावमा ७३ प्रतिशत खसेको थियो ।

भोजपुरमा अहिलेको भन्दा तीन प्रतिशत बढी ६२ प्रतिशत र पाँचथरमा पनि तीन प्रतिशत नै बढी ६८ मत खसेको थियो । ओखलढुङ्गामा पनि स्थानीय तहको चुनाव अहिलेको भन्दा सात प्रतिशत बढी ७२ प्रतिशत मत खसेको थियो ।

खोटाङमा पनि स्थानीय तहको चुनाव भन्दा ६ प्रतिशत कम मत खसेको छ । स्थानीय तहको चुनावमा ६३ प्रतिशत मत खसेको थियो । सोलुखुम्बुमा स्थानीय तहको चुनाव भन्दा ५ प्रतिशत कम ६० प्रतिशत मात्रै मत खसेको छ । सोलुखुम्बुमा स्थानीय तहको चुनावमा ६५ प्रतिशत मत खसेको थियो ।

 

Share It

Post Comments
थप समाचार