समाचार रामेछापमा ५८ प्रतिशत मत खस्यो
Ujyaalo

रामेछाप, मंसिर १० – प्रतिनिधि र प्रदेशसभा चुनावमा रामेछापमा ५८.७ प्रतिशत मत खसेको छ । स्थानीय तह चुनावको भन्दा अहिले १२ प्रतिशत कम मत खसेको हो ।

खसेको मत मध्ये महिला तर्फ ४४ हजार १ सय १४ र पुरुषतर्फ ४५ हजार ४ सय ७३ मत गरी कुल ८९ हजार ५ सय ८७ मत खसेको निर्वाचन कार्यालय रामेछापले जनाएको छ । रामेछापमा कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेकोमा ६२ हजार ९ सय ७२ जना मतदाताले मात्रै चुनावमा भाग लिएका छन् ।

रामेछापको शान्ति सुरक्षा मजवुत भएकाले कुनै अप्रिय घटना नभई शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भएको छ । मतदान सकिएपछि रामेछापका विभिन्न मतदान केन्द्रबाट मतपेटीका नेपाली सेना सहितको टोलीले जिल्ला सदरमुकाम मन्थली ल्याउने काम शुरु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो । सोमबार विहानसम्म जिल्लाका सबै ठाउँबाट मतपेटीका जिल्ला सदरमुकाम मन्थली आइपुग्ने उहाँले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार