समाचार मनाङमा ७३.४७ प्रतिशत मतदान
Ujyaalo

मनाङ, मंसिर १० – मनाङमा आइतबार भएको प्रदेशसभा र प्रतिनिधिसभा चुनाव अन्तर्गत ७३ दशमलव ४७ प्रतिशत मत खसेको छ ।

चार गाउँपालिकामा २८ मतदान केन्द्र रहेको मनाङमा कुल ५ हजार ८ सय ८१ मतदाता रहेकोमा ४ हजार ३ सय २१ मत खसेको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले बताउनुभयो ।

उच्च हिमाली क्षेत्रमा रहेका पाँच निर्वाचन केन्द्रका मतपेटिका सोमाबार दिउँसो हेलिकप्टर मार्फत सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने छ ।

बाँकी २३ केन्द्रको मतपेटिका भने आइतबार राति ११ बजेसम्ममा सदरमुकाम ल्याइसकिने उहाँले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार