समाचार नुवाकोटमा ६५ प्रतिशत मत खस्यो
Ujyaalo

नुवाकोट, मंसिर १० – प्रदेश र प्रतिनिधिसभा चुनावमा नुवाकोटमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक आएको छ । नुवाकोटमा ६५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । १ सय २९ मतदान स्थलका २ सय ६० मतदान केन्द्र रहेको नुवाकोटमा शान्तिपूर्ण ढंगमा चुनाव सम्पन्न भएको छ ।

मतदान सकिए पछि मतपेका संकलन गरी सदुरमुकाम ल्याउन थालिएको छ । सदरमुकाम वरपरका मतदानस्थलबाट मतपेटिका विदुरमा आइसकेको छ भने टाढा रहेका मतदानकेन्द्रबाट राती नै मतपेटिका सदरमुकाम ल्याइने छ ।

Share It

Post Comments
थप समाचार