समाचार पहिलो चरणको चुनाव उत्साहपूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्रीद्वारा मतदातालाई धन्यवाद
Ujyaalo

काठमाडौं, मंसिर १० – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव उत्साहपूर्वक सम्पन्न भएकोमा मतदातालाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव चुनावलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिनुभएको हो । 

उहाँले  मंसिर २१ गते हुने दोस्रो चरणको चुनाव पनि स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको भन्दै तीनवटै तहको चुनाव सम्पन्न भइसकेपछि देश राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Share It

Post Comments
थप समाचार