समाचार बाग्लुङमा ६५ प्रतिशत मतदान
Ujyaalo

बाग्लुङ, मंसिर १० – बाग्लुङमा आइतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा ६५ प्रतिशत मतदान भएको छ ।

चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बाग्लुङमा एक सय ९९ सय मतदानकेन्द्र रहेका थिए ।

कुल १ लाख ६७ हजार २ सय ८२ मतदाता रहेको बाग्लुङमा शान्तिपूर्ण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै केन्द्रबाट सोमबार बेलुकासम्म मतपेटिका सदरमुकाम ल्याइसकिने कार्यालले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार