समाचार रसुवामा समानुपातिकतर्फ १३ उम्मेदवार
Ujyaalo

रसुवा, मंसिर ५ – मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाका निर्वाचनमा समानुपातिकतर्फ रसुवाका १३ जना उम्मेदवार परेका छन् । प्रतिनिधिसभाबाट तीन ओटा राजनीतिक दलका ३ जना र प्रदेशसभाबाट ८ ओटा दलका १० जना रहेका छन् ।

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका थुप्तेन लोप्साङ तामाङ, चुरेभावर लोकतान्त्रिक पार्टीका चित्रबहादुर विश्वकर्मा र नयाँ शक्ति पार्टी नेपालका सम्झना तामाङ रहेका छन् ।

प्रदेशसभाका लागि नयाँ शक्ति पार्टीका तेम्ब्रेल तामाङ र चमेली बिक, नेकपा एमालेका माधव अर्याल र शान्ति थिङ, नेकपा माओवादी केन्द्रका पासाङ थोक्रा, नेकपा मालेका गीताकुमारी न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका ठिले लामा, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का सीता श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका बेदप्रसाद न्यौपाने र राष्ट्रिय जनमोर्चाका दावा सोनाम स्यान्वाको नाम परेको छ । नयाँ शक्तिको तर्फबाट समानुपातिकमा परेका तेम्ब्रेल तामाङ र चमेली बिक भने नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार