समाचार चुनावी गतिविधि अब एक साथ उज्यालो अनलाइन तथा हाम्रो पात्रोमा
Ujyaalo

काठमाडौं, मंसिर ११ – नेपालीले बनाएको र नेपालीमाझ निकै लोकप्रिय रहेको मोवाइल एप्लिकेशन हाम्रो पात्रोले एन्ड्रोइड एप्लिकेशनमा दुई नयाँ सेवा थप गरेको छ । समाचार प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले शिघ्र समाचार (Instant News) र प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको ताजा अपडेटका लाग हाम्रो निवार्चन २०७४ सेवा ल्याइएको हाम्रो पात्रोले जनाएको छ ।

शिघ्र समाचार

देशका विभिन्न पत्रपत्रिका तथा लोकप्रिय अनलाइन समाचार पोर्टलका समाचारहरूमा निरन्तर सहभागीतासहितको प्रयोगबाट हौसिएर समाचार देखाउने तरिकामा प्रभावकारी सुधार गरिएको हाम्रो पात्रोले जनाएको छ ।

ताजा समाचारमा हाम्रो पात्रोमा देखिने समाचारहरूमा फ्ल्यास चिन्ह (~) लाग्ने गरेका छन् र यस्ता समाचार शिघ्र समाचार रहेको हाम्रो पात्रोले जनाएको छ । यसबाट न्यूनतम इन्टरनेट खर्चेर तत्काल पूरा समाचारको पाना खोल्न सकिने छ । फ्ल्यास चिन्ह बाहेकका समाचार पढनका लागि भने पुरा समाचार पढ्नुहोस् भन्ने वटन थिच्नुपर्नेछ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनाव २०७४

हाम्रो निर्वाचन २०७४ मार्फत लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनाव २०७४ को पलपलको ताजा जानकारी पनि नयाँ अपडेट मार्फत प्राप्त गर्न सकिने हाम्रो पात्रोले जनाएको छ । यसका लागि हाम्रो पात्रोले उज्यालो अनलाइनसँग सहकार्य गरेको छ । चुनावसम्बन्धी खबर https://election.ujyaaloonline.com र https://election.hamropatro.com  बाट प्राप्त गर्न सकिने छ ।

 

Share It

Post Comments
थप समाचार