समाचार बझाङमा ११ वटा स्थानीय तहका मतपेटिका सदरमुकाम ल्याइयो
Ujyaalo

डीबी विष्ट/उज्यालो

बझाङ, मंसिर ११ – बझाङमा१२ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तहका ४ सय ६५ मतपेटीका सदरमुकाम चैनपुर ल्याइएको छ । काडा गाउँपालिकामा रहेका ५ वटा मतदान स्थलका १५ वटा मतपेटिका आउँन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ऋर्षिराम कँडेलले जानकारी दिनुभयो ।

विकट काडा गाउँपालिकामा रहेका मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । सदरमुकाम ल्याइएका मतपेटिका जिल्ला पशुसेवा कार्यालय बझाङमा उच्च सुरक्षाका साथ राखिएको छ ।

 

Share It

Post Comments
थप समाचार