समाचार भोजपुरमा ५८.५ प्रतिशत मत खस्यो
Ujyaalo

भोजपुर, मंसिर ११ – पहिलो चरणमा आइतबार भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा भोजपुरमा ५८.०५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी राजेन्द्रप्रसाद पोखरेलले दिएको जानकारी अनुसार भोजपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

१ लाख ३ हजार ७ सय ४५ जना मतदाता रहेको भोजपुरमा ६५ हजार ९ सय १५ मत खसेको छ । चुनावअघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ठाउँ–ठाउँमा बम विष्फोट र उम्मेदवार माथी आक्रमण गरेपनि मतदानमा भने खासै प्रभाव नपरेको निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएको भोजपुरका २ स्थानमा बम विष्फोट भए पनि कुनै क्षति भने भएन ।

 

Share It

Post Comments
थप समाचार