समाचार खोटाङ : दुई नगरपालिकाको मतपेटिका सदरमुकाम ल्याइयो
Ujyaalo

खोटाङ, मंसिर ११ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका र रुपाकोट मझुवागढी नगरपालिकाका मत पेटिका सदरमुकाम ल्याइएको छ ।

बाँकी आठ गाउँपालिकाको मतपेटिका भने सोमबार रातिसम्ममा दिक्तेल ल्याइने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाका ११ वडा तथा रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडामा खटिएका कर्मचारी र सुरक्षाकर्मी मत पेटिका लिएर सोमबार बिहान दुई बजे दिक्तेल आइपुगेको हो ।

मतपेटिका बुझ्ने र बुझाउनेक्रममा उज्यालो नै भएको हलेसी तुवाचुङ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत अनिल किरातीले बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार