समाचार रसुवामा ८१ प्रतिशत मत खस्यो
Ujyaalo

रसुवा, मंसिर ११ – आइतबार भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा रसुवामा करिब ८१ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन सदस्यका लागि भएको चुनावमा ८०.७३ प्रतिशत मत खसेको हो ।

३२ हजार तीन सय २२ मतदाता रहेका रसुवामा २६ हजार ९४ मत खसेको छ । स्थानीय तहको चुनावमा ८१.४५ प्रतिशत मत खसेकोमा यो पटक करिब १ प्रतिशत कम मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । स्थानीय तहको चुनावमा २७ हजार आठ सय ५४ मतदाता रहेकोमा २२ हजार ६ सय ८९ मत मात्र खसेको थियो ।

रसुवामा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी साढे ७ बजे सम्पन्न भएको थियो । मतदान सकिए लगत्तै ४४ ओटा मतदान केन्द्रको मतपेटिका सङ्कलन गरेर सदरमुकाम धुन्चे ल्याइएको थियो । लाङटाङको मतपेटिका भने सोमबार बिहान हेलिकप्टर मार्फत ल्याइएको छ ।

सम्पूर्ण मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिल गरेर राखिएको छ । मतपेटिकाको सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।

Share It

Post Comments
थप समाचार