समाचार ठूला दलले नै लत्याए आचारसंहिता
Ujyaalo

ताप्लेजुङ, मंसिर ५ – हिमाली जिल्ला ताप्लेजुङमा प्र्रमुख राजनीतिक दलले नै आचारसंहिता उलङ्घन गरेको पाइएको छ । नेपाली कांग्रेस तथा नेकपा एमालेले आचारसंहिता उलङ्घन गरेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस कृपासुर कार्कीले बताउनुभयो ।

आचारसंहिता बिपरित ठूला पोष्टर, फ्ल्याक्स प्रिन्टको प्रयोग गरेको तथा बिभिन्न पत्र पत्रिकामा नियम विपरित विज्ञापन छापेको देखिएकाले निर्वाचन कर्यालयको ध्यानकर्षण भएको कार्कीले बताउनुभयो । पोष्टर तथा फ्ल्याक्स प्रिन्ट २४ घण्टाभित्र हटाउन समेत निर्देशन गरेको उहाँले बताउनुभयो । राजनीतिक दल, पत्रकार लगायतका सरोकारवाला बीचको छलफलमा आउँदो दिनमा त्यस्तो नगर्ने प्रतिबद्धता दोहो¥याएका छन् ।

Share It

Post Comments
थप समाचार