समाचार मनाङका सबै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर ११– हिमाली जिल्ला मनाङमा सबै मतदान केन्द्रका मतपेटिका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म आइपुगेको छ ।

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म आइपुगेको हो । यहाँ सबैभन्दा कम ५ हजार ८ सय ८१ मतदाता रहेका थिए । चुनावमा यहाँ ४ हजार ३ सय २१ मत खसेको थियो ।

यहाँ २८ मतदान केन्द्र रहेका थिए । चार गाउँपालिका रहेको मनाङमा ‘नार फु’ मा रहेका ५ मतदान केन्द्रलाई अति संवेनदशील सूचिमा राखिएको थियो । ती केन्द्रको मतपेटिका सोमबार १२ बजे हेलिकप्टरमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङका २३ मतदान केन्द्रको मतपेटिका भने आइतबार राति ११ भित्रै कार्यालयसम्म ल्याइएको हो । मतपेटिका कडा सुरक्षाकाबीच सुरक्षित राखिएको पनि ढकालले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार