समाचार लमजुङका सबै मतपेटिका सदरमुकाम ल्याइयो
Ujyaalo

लमजुङ, मंसिर ११ –लमजुङमा सबै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय बेसीसहर ल्याइपुर्याइएको छ ।

१ सय ६५ मतदान केन्द्रमा संकलन भएका सबै मतपेटिका आइतबार राति ३ बजेर १५ मिनेट जाँदाको समयमै कार्यालयसम्म ल्याइपुर्याइएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

सोमबार बिहान सर्वदलीय बैठक बसेको र बैठकले प्रदेशसभा, प्रतिनिधिसभा र समानुपातिकतर्फ खसेका मतपत्रलाई छुट्याएर छुट्टाछुट्टै रुपमा भण्डारण गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

कडा निगरानीकाबीच मतपेटिकाको सुरक्षा गरिने उहाँले बताउनुभयो । जिल्लामा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ६६.९९ प्रतिशत मत खसेको हो । कुल १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेका लमजुङमा ७७ हजार ३ सय ४० मत खसेको हो । जिल्लामा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको हो ।

Share It

Post Comments
थप समाचार