समाचार भोजपुरमा मतपेटिकालाई लक्षित गरी बम विष्फोट
Ujyaalo


वुद्ध तामाङ/उज्यालो ।

भोजपुर, मंसिर ११ –सोमबार भोजपुरमा मतपेटिकालाई लक्षित गरी बम विष्फोट गरिएको छ । आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा चुनावका मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा बम विष्फोट गराइएको हो ।

जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिकाको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताउनुभयो । बम विष्फोटबाट कुनै पनि क्षति नभएको र थप सुरक्षाका साथ मतपेटिका ल्याउने क्रम जारी रहेको थारुले जानकारी दिनुभयो ।

हालसम्म १ सयभन्दा बढी मतदान केन्द्रका मेतपेटिका सदरमुकाम ल्याइसकिएको छ । साल्पासिलिछो र आमचोक गाउँपालिकाको मतपेटिका बेलुकीसम्म ल्याइसकिने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनुभएको छ ।

Share It

Post Comments
थप समाचार