समाचार दोलखामा सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो
Ujyaalo

दोलखा, मंसिर ११ –दोलखामा सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम चरिकोट ल्याइएको छ । १ सय ९० मतदान केन्द्रमा संकलन भएका सबै मतपेटिका सोमबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोट ल्याइपुर्याइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएको मतपेटिकामा शिलबन्दी गरी कडा सुरक्षाकाबीच राखिएको दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिनुभयो ।

जिल्लामा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ५९.३८ प्रतिशत मत खसेको थियो ।
चुनावमा दोलखाका ७३ हजार ८ सय ७८ पुरुष र ७४ हजार ४५ जना महिला गरी एक लाख ४७ हजार ९ सय २३ जना मतदाता छन् ।

Share It

Post Comments
थप समाचार