समाचार धनुषा–१ मा दुई पूर्व मन्त्रीबिच प्रतिस्पर्धा
Ujyaalo

शैलेन्द्र महतो उज्यालो ।

जनकपुरधाम, मंसिर ५ – धनुषा क्षेत्र नं. १ मा वाम गठबन्धन र नेपाली कांग्रेसबिच प्रतिस्पर्धा हुने भएको छ । धनुषा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि वाम घटक नेकपा माओवादी केन्द्रबाट पूर्वमन्त्री मातृका प्रसाद यादव र कांग्रेसबाट पूर्वमन्त्री आनन्द प्रसाद ढुंगाना चुनावी मैदानमा छन् । त्यस्तै राजापा नेपाल र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनबाट दीपक कार्की चुनावी मैदानमा हुनुहुन्छ ।

आनन्द प्रसाद ढुंगाना विगतमा पर्यटन, आपूर्ति र वनमन्त्री बनीसक्न भएको छ । दोश्रो संविधानसभा निर्वाचनमा समेत ढुंगाना नेपाली कांग्रेसबाट समानुपातिकमा संसाद हुनुहुन्थ्यो ।
मातृका प्रसाद यादव माओवादीको दश वर्षे जनयुद्धमा महत्वपूर्ण भूमिका खेलेका नेता हुनुहुन्छ । उहाँ वन तथा भूसंरक्षण मन्त्री समेत बनसिक्नुभएको छ ।
राजापा फोरम गठबठन्धनबाट संयुक्त उम्मेदवार बनेका दीपक कार्की भने यो चुनावी प्रतिस्पर्धामा नयाँ अनुहार हुनुहुन्छ ।

धनुषा क्षेत्र नं. ३ भित्र गणेशमाना चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका पर्दछ । त्यसैगरी हंशपुर नगरपालिकाको वडा नं. २, ३, ५, ७ र ८ मिथिला विहारी नगरपालिकाको वडा नं. १, ३, ४, ५ क्षिरेश्वरनाथ नरपालिका वडा नं. ८ र ९ र मिथिला नगरपालिकाको वडा नं. ४ पर्दछ । यस क्षेत्रको कुल मतदाता संख्या १ लाख, दुई हजार ७ सय १० रहेको छ ।
स्थानीय चुनावमा गणेशमान चारनाथ नगरपालिकामा संघीय फोरम, सबैला र धनुषाधाम नगरपालिकामा कांग्रेसले जितेको छ ।
स्थानीय चुनावमा त्यस क्षेत्रमा आएको मत परिणामलाई आधार मान्ने हो भने यस क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार मातृका प्रसाद यादव र कांग्रेसका उम्मेदवार आनन्द प्रसाद ढुंगानाबिच दुई पक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

स्थानीय चुनावमा यस क्षेत्रको चुनावमा नेपाली कांग्रेसले १६ हजार ४ सय ३७, वाम गठबन्धनमा रहेको दल एमालेको १२ हजार ८ सय २१ र माओवादी केन्द्रको १३ हजार ४६ मत प्राप्त भएको छ । वाम गठबन्धनको कूल मत २५ हजार ८ सय ६७ छ । त्यस्तै फोरमले ८ हजार ३०७ र राजपाले ४ हजार ७ सय ९२ मत जोडेर राजपा गठबन्धनको मात्र १२ हजार ९६ मत हुन्छ ।

यस हिसाबले राजपा फोरम गठबन्धन यस क्षेत्रमा वाम गठबन्धनभन्दा दोब्बर मतले पछाडि देखिन्छ । नेपाली कांग्रेस पनि वाम गठबन्धनका उम्मेदवारबाट ९ हजारले पछाडि छन् । तर नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपा नेपालले यस क्षेत्रमा ४ हजार २ सय ५७ मत जोड्ने हो भने कांग्रेसको पक्षमा २० हजार ६ सय ९४ मत हुन्छ । तर पनि वाम गठबन्धनबाट कांग्रेस ५ हजार मतले पछाडि देखिन्छ ।

विगतमा सबैलाको एक विद्यालयमा भएको गोली काण्डका कारण नेकपा एमालेका योगनारायण यादव पूर्पक्षका लागि कारागारमा हुनुहुन्छ । त्यस कारण वामगठबन्धनका उम्मेदवार मातृकाप्रति एमालेका केहि नेता कार्यकर्ता रुष्ट छन् ।

तर त्यस असन्तुष्टिलाई साम्य पार्न दुवै पार्टी बिच छलफल चलिरहेको वाम गठबन्धनका नेताहरुले बताएका छन् ।
तर चुनावी मैदानमा उत्रेका यस क्षेत्रका उम्मेदवारहरुले आफ्नो अधार प्रस्तुत गर्दै आफै जित्ने दावी गर्ने गरेका छन् ।

वाम गठबन्धनको विरुद्धमा नागरिकले मलाई निर्वाचित गराउछन् : ढुंगाना

नेपाली कांग्रेसका यस क्षेत्रका उम्मेदवार आनन्दप्रसाद ढुंगानाले वाम गठबन्धनको विरुद्धमा आफूलाई नागरिकले जिताउने दावी गर्नुभयो । स्थानीय चुनावमा आएको मत परिणामा अनुसार जनताले वाम गठबन्धनलाई भोट नहाल्ने ढुंगानाको दावी छ ।

हरेक परिवर्तणको पक्षधर कांग्रेस भएकाले जनाले कांग्रेसका उम्मेदावरलाई मत हाल्ने तर्क गर्दै ढुंगानाले यस क्षेत्रमा वाम गठबन्धनले जनताको मूल्यांकनको आधारमा उम्मेदवार नउठाएकाले उनीहरुप्रति जनताको असन्तुष्टि रहेको ढुंगानाको भनाई छ । त्यसकारण आफ्नो जित सुनिश्चित रहेको ढुंगानाले दावी गनुभयो ।

नागरिकले मुल्यांकनको हिसाबले मेरो पक्षमा मतदान गर्नुहुन्छ : मातृका

पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिनु भएका मातृका प्रसाद यादव नागरिकले आफूलाई मूल्यांकनको हिसाबले भोट हाल्ने बताउनुभयो । आफू पहिलो पटक चुनावमा आएकाले नागरिकले विगतको मेरो पारिवारिक एवं राजनीतिक पृष्टभूमि, नागरिकको अधिकार एवं समानातका लागि लडेको लडाई, लगनशिलता, मिहिनत, इमान्दारितालाई जनतनाले कदर गर्ने उहाँको भनाइ छ ।

अब मधेशको बाँकी अधिकार एवं विकास समृद्धिको लागि पनि आफूलाई नागरिकले मतदान गर्नेमा विश्वस्त रहेको यादवले बताउनुभयो । उहाँले यस क्षेत्रमा भएको नेता कार्यकर्ताहरु समेत आफूलाई जिताउन मूख्य भूमिका खेल्ने तर्क गर्नुभयो । एमालेका केहि नेता कार्यकर्तामा रहेको असन्तुष्टि मेटाउन दुवै पार्टीको बिचमा छलफल जारी रहेकोले चाँडै असन्तुष्टि मेटिने उहाँले विश्वसा व्यक्त गर्नुभयो ।

संविधान संशोधन र मधेशको अधिकार एवं विकासको लागि म जित्छु : कार्की

राजपा फोरम गठबन्धनबाट उममेदवार रहनु भएका दीपक कार्कीले भने विगतमा भएको मधेश आन्दोलनको एजेण्डा स्थापित गर्न र संविधान संशोधन गर्न नागरिकले आफूलाई जिताउने दावी गर्नुभयो । अब कांग्रेस र वाम गठबन्धनको विकल्प मधेशी नागरिकले चाहेको र मधेशको विकासको लागि पनि आफू नै जित्ने उहाँको भनाइ छ ।

Share It

Post Comments
थप समाचार