समाचार दाङमा उम्मेदवारलाई लक्षित गरी बम विष्फोट गराइयो
Ujyaalo

दाङ, मंसिर ११ –दाङमा उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट गरिएको छ ।

प्रदेशसभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेस उम्मेदवार भरतबहादुर न्यौपाने चढेको गाडीलाई लक्षित गरेर सोमबार बेलुका बम विष्फोट भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१९, छिल्लिकोटबाट सदरमुकाम घोराहीतर्फ आउँदै गरेको बेला बम विष्फोट गराइएको न्यौपानेसँगै रहेका न्यौपानेका छोरा प्रचण्डदेव न्यौपानेले जानकारी दिनुभयो । उम्मेदवार न्यौपाने चढेको गाडी भन्दा अगाडि बम विष्फोट भएको थियो । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

Share It

Post Comments
थप समाचार