समाचार दुई नगर र तीन गाउँपालिकाको मतपेटिका आइपुग्यो
Ujyaalo

खोटाङ, मंसिर ११– खोटाङका दश पालिकामध्ये दुई नगरपालिका र तीन गाउँपालिकाको मतपेटिका सदरमुकाम दिक्तेल ल्याइएको छ ।

रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, लामीडाँडा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाको मतदान केन्द्रको मतपेटिका सदरमुकाम आइपुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका, केपीलास गाउँपालिका र दिप्रुङ गाउँपालिकाको मतपेटिका आउने क्रम जारी छ । जिल्लाका १३६ मतदानस्थलका १७९ मतदान केन्द्रका मतपेटिका सुरक्षा प्रवन्धका साथमा ट्याक्टर र बसमा राखेर दिक्तेल ल्याइँदै छ ।

Share It

Post Comments
थप समाचार