समाचार थबाङको मतपेटिका हेलिकप्टरबाट लिबाङ ल्याइयो
Ujyaalo

माधवकुमार ओली/उज्यालो ।

रोल्पा, मंसिर ११ — रोल्पाको थबाङको मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सोमबार लिबाङ ल्याइएको छ । थबाङमा चुनाव हुनुअघि नै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘शून्य भोट’ को अभियान चलाएका थियो ।

सुरक्षाका हिसाबले अति नै संवेदनशील मानिएको थबाङमा ३० प्रतिशत मत खसेको थियो । मतदान गराउन र मतपेटिका संकलन गर्न सुरक्षा चुनौती रहेको बताइएको थियो ।

यस्तै जिल्लाको दुर्गम गाउँ गामको मतपेटिका पनि हेलिकोप्टरबाट नै ल्याइएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । १६० मतदान केन्द्र मध्येसोमबार करिब एक सय मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको छ । जिल्लाको उवा गाउँ बाहेकका मतपेटिका सोमबार रातिसम्म सदरमुकाम आउने बताइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिएका मतपेटिकालाई उच्च सुरक्षा सतर्कताका साथ राख्ने गरी व्यवस्थापन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिका राखिएका कोठामा राजनीतिक दलले समेत आ–आफ्नो ताल्चा लगाउन मिल्ने गरी सहमति गरिएको छ ।

Share It

Post Comments
थप समाचार