समाचार बाम गठबन्धन ठगहरुको झुण्ड –उपेन्द्र यादव
Ujyaalo

सप्तरी,मंसिर ५– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको वाम गठबन्धन ठगहरुको झुण्ड भएको आरोप लगाउनु भएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को छिन्नमस्ता गाउँपालिका ३ को गोविन्दपुर टोलमा संघिय समाजवादी फोरम नेपाल र राजपा नेपालको संयुक्त सभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाउनु भएको हो ।

यादवले वाम गठबन्धन मधेश र पूरै देशको लागि घातक रहेको बताउँदै ढोंगी स्वभावका कम्युनिष्टको असली चरित्र जनताले बुझ्न जरूरी रहेको बताउनुभयो ।

अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको बताउँदै उहाँले ’मधेशमाथि कसैले कू दृष्टि राख्ने जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार रहेको बताउनुभयो । मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाडने दाबी गर्दै उहाँले त्यसका लागि मधेश गठबन्धनलाई विजय गराउन अपिल समेत गर्नुभयो ।

 

Share It

Post Comments
थप समाचार