समाचार खोटाङका सबै मतपेटिका सदरमुकाम ल्याइयो
Ujyaalo

खोटाङ, मंसिर १२ – खोटाङका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम दिक्तेल ल्याइएको छ । जिल्लाका १३६ मतदानस्थलका १७९ मतदान केन्द्रका सबै ५३७ वटै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो ।

सबै मतपेटिका सुरक्षा प्रबन्धका साथमा ट्रयाक्टर र बसमा राखेर दिक्तेल ल्याइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । दूरीका हिसाबले टाढा र विकट जन्तेढुंगा, खोटेहाङ, बराहपोखरी, केपीलास र दिप्रुङ गाउँपालिकाको मतपेटिका मंगलबार बिहान ३ बजे दिक्तेल ल्याइपुर्‍याइएको हो ।

मतपेटिका बुझ्ने र बुझाउनेक्रममा आइतबार र सोमबार राति कर्मचारी र सुरक्षाकर्मी अनिदो परेका छन्

Share It

Post Comments
थप समाचार