समाचार रोल्पाका सबै मतपेटिका सदरमुकाम लिबाङमा
Ujyaalo

माधवकुमार ओली/उज्यालो ।

रोल्पा, मंसिर १२ — रोल्पाको उवाबाट मतपेटिका हेलिकप्टरमार्फत मंगलबार बिहान लिबाङ ल्याइएपछि जिल्लाका सबै मतपेटिकाको संकलन सकिएको छ । दुर्गम र सुरक्षा चुनौती देखिएका स्थानबाट नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइएको हो ।

१६० मतदान केन्द्र मध्ये मंगलबार सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । जम्मा गरिएका मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयको कोठामा सिलबन्दी गर्ने तयारी भइरहेको गिरीले बताउनुभयो ।

उच्च सुरक्षा सतर्कताका साथ मतपेटिकालाई राख्ने र मंसिर २१ गते बेलुका ५ बजेपछि मतगनणा सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतपेटिका राखिएका कोठामा राजनीतिक दलले समेत आ–आफ्नो ताल्चा लगाउन मिल्ने गरी सहमति गरिएको छ ।

Share It

Post Comments
थप समाचार