समाचार २६ जिल्लाका मतपेटिका सदरमुकाममा, बाँकी पनि ल्याईँदै : आयोग
Ujyaalo

काठमाडौं, मंसिर १२ – पहिलो चरणमा आइतबार मतदान भएका ३२ मध्ये २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

अब बाँकी रहेका ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिका सदरमुकाम ल्याउने काम भैरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म कूल २ हजार ९ सय १७ मतदानस्थलमध्ये संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ स्थल गरी जम्मा ७१ मतदान स्थलका मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा छन् ।

६ वटै जिल्लाका बाँकी मतपेटिकालाई पैदल मार्ग, सडक मार्ग र हवाई मार्गबाट ल्याउने काम भइरहेको छ । 

 

Share It

Post Comments
थप समाचार