समाचार चुनावमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता
Ujyaalo

दाङ, मंसिर ११ – मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेससभा सदस्यको चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग नगर्ने दाङका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगञ्ज र वालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले मंगलबार घोराहीमा आयोजना गरेको कार्यक्रममा राजनीतिक दलले चुनावमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

बालबालिका तथा विद्यालय शान्ति क्षेत्र अबधारणा कार्यान्वयनका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै राजनीतिक दल तथा सरोकारवालाले चुनावी अभियान र अन्य ¥यालीमा पनि बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाली कांग्रेसका कोषाध्यक्ष सावित्रा राना, नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, माओबादी केन्द्रका जिल्ला सहसंयोजक पुनम सेर्पाईली, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष ठाकुर रोका, संघिय समाजबादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादब लगाएतकाले चुनावी अभियानमा बालबालिकाको प्रयोग नगरिएको र आगामी दिनमा पनि प्रयोग गनर्ने प्रतिबद्धता जनाउनुभयो ।

मानब अधिकार आयोगका क्षेत्रिय प्रमुख मुरारी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले दललाई आफूले गरेको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । दाङमा आचारसंहिता पालनामा दलहरु जिम्मेवार देखिएको भन्दै उहाँले सबै क्षेत्रलाई जिम्मेवार र कानुनको पालनामा प्रतिबद्ध रहन समेत सुझाब दिनुभयो ।

Share It

Post Comments
थप समाचार