समाचार ताप्लेजुङको एउटा मतदान केन्द्रमा ४९ जना मात्रै मतदाता
Ujyaalo

ताप्लेजुङ मंसिर ५ – ताप्लेजुङको हिमाली गाउँ ग्याब्लामा जिल्लाकै सबै भन्दा थोरै मतदाता रहेका छन् । लेलेपको ग्याब्ला मतदान केन्द्रमा ४९ जना मात्रै मतदाता रहेको जिल्ला निर्बाचन कार्यालयले जनाकारी दिएको छ ।

निर्वाचन अधिकारी महेश कुमार ठाकुरले फक्ताङलुङ गाउँपालिका अन्तरगत रहेको ग्याब्ला केन्द्रमा सबै भन्दा थोरै मतदाता रहेको जानकारी दिनुभयो । जिल्लाका १ सय १४ मतदान केन्द्र मध्य सबै भन्दा थोरै ग्याव्ला केन्द्रमा मतदाता रहेको बताउनुभयो । यहि गाउँपालिकाको याङमा प्रावि मतदान केन्द्रमा पनि ५७ जना मात्रै मतदाता रहेको ठाकुरले जानकारी दिनुभयो ।

घुन्सामा १ सय ३१ सिदिङमा गाउँपालिकाको कालिखोलाको हरिसे मावि केन्द्रमा १ सय ८४ र मिक्वाखोलाको किलिङ प्राविमा १ सय ९४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । सबैभन्दा बढी मतदाता मिक्वाखोला गाउपालिको खोक्लिङ केन्द्रमा १ हजार ४० जना रहेका छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा रहेको ताप्लेजुङमा ७३ मतदान स्थलमा एक सय १४ मतदान केन्द्र तोकिएको छ भने ७८ हजार ३ सय ९७ मतदाता रहेका छन् ।

Share It

Post Comments
थप समाचार