समाचार वाम गठबन्धनले बहुमत ल्याए अहिलेको संविधान खारेज : देउवा
Ujyaalo

कपिलवस्तु, मंसिर १२ – प्रत्यक्ष निर्वाचित राष्ट्रपति शासन व्यवस्थाको नाममा वाम गठबन्धनले मुलुकमा अधिनायकवाद लाद्न खोजेको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ ।

नेपाली कांग्रेस निर्वाचन परिचालन समितिको आयोजनामा कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयाजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । चुनावबाट दुईतिहाई बहुमत ल्याएर वर्तमान संविधानलाई खारेज गरी निरंकुश कम्युनिष्ट शासन व्यवस्था लादन खोज्नु वाम गठबन्धनको दिवा सपना रहेको उहाँले बताउनुभयो ।

नेपाली जनताले राणा शासन, पञ्चायत र राजाको शाहीकालको निरंकुशतालाई जरैबाट उखेर फालेको वर्तमान अवस्थामा वाम गठबन्धनले ल्याउन खोजेको अधिनायकवादलाई नेपाली नागरिकले स्वीकार गर्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले राजनैतीक स्थिरता र समृद्धिको लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रमलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, उद्योगपति विनोद चौधरीलगायतले सम्बोधन गरेका थिए ।

 

Share It

Post Comments
थप समाचार