समाचार मतपेटिका राखिएको कोठामा सुरक्षण सिल
Ujyaalo

खोटाङ, मंसिर १२– खोटाङमा मतपेटिकाको सुरक्षाका लागि मतपेटिका राखिएको कोठामा सुरक्षण सिल हालिएको छ । १ सय ७९ मतदान केन्द्रबाट संकलन भएको मतपेटिका राखिएको कोठाको ढोकामा मूख्य निर्वाचन अधिकृतको ताला, लाहा छापका साथमा निर्वाचन आयोगको सुरक्षण सिल राखिएको हो ।

एउटा सुरक्षण सिलको नम्बर अर्कोसँग नमिल्ने भएकाले मतपेटिकाको बिश्वसनिय सुरक्षाका लागि सुरक्षण सिल हालेर सो सुरक्षण सिलको नम्बर हरेक पार्टीलाई उपलव्ध गराइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

मतपेटिकाको सुरक्षाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतको गेट बाहिर नेपाली सेना, परिषरमा शसस्त्र प्रहरी र भित्र नेपाल प्रहरी रहने व्यवस्था मिलाइएको छ ।

नेपाल प्रहरीसँगै दलका दुई÷दुई जना प्रतिनिधि रहने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिकाको सुरक्षामा बस्ने हरेक दललाई चार वटा पास उलपव्ध गराइएको छ ।

Share It

Post Comments
थप समाचार