समाचार कांग्रेस उम्मेदवारलाई लक्षित गरि उदयपुरमा बम विष्फोट
Ujyaalo

उदयपुर, मंसिर १२ – नेपाली कांग्रेसका प्रतिनिधीसभा सदस्य उमेदवार डा. नारायण खड्कालाई लक्षित गरि उदयपुरमा बम विष्फोट भएको छ । उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फका उमेदवार रहनुभएका खड्का चढेको गाडिलाई लक्षित गरि बावरि भन्ने स्थानमा माइन बम विष्फोट गराईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका –१० स्थित बेलदोभानमा भएको चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा खड्कामाथी अज्ञात समुहले बम विष्फोट गराएको प्रहरीले जानकारी दिएको छ । विष्फोटबाट कुनै मानविय क्षति भएको छैन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Share It

Post Comments
थप समाचार