समाचार रुकुम पश्चिमका २ मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान
Ujyaalo

रुकुम, मंसिर १२ – पहिलो चरणको चुनाव स्थगित भएका रुकुम पश्चिमका २ वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने भएको छ ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–५ को रत्न मावि काँडा मतदान केन्द्र (क) मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्र (ख)मा समानुपातिक प्रणालीतर्फको मात्र चुनाव मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

मंसिर १० गते मतपेटिकामा आगजनी भएपछि मतदान रद्द गरिएको थियो । साथै रद्द भएका मतदानसँग सम्बन्धित मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधिसमेतको रोहवरमा मतपत्र आगो लगाई नष्ट गर्न समेत निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार