समाचार डोल्पाका ९ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन समस्या
Ujyaalo

काठमाडौं, मंसिर १३ – पहिलो चरणमा आइतबार मतदान भएका डोल्पाका ९ वटा मतदानस्थलको मतपेटिका सदरमुकाममा ल्याउन समस्या भएको छ ।

मौसमको खराबीले हेलिकप्टर उड्न नसक्दा मतपेटिका सदरमुकाम ल्याउन समस्या भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौसम खुल्ने बित्तिकै मतपेटिका सदरमुकाम ल्याउने तयारी छ ।

तर बुधबार त्यहाँको मौसम आशिंक बदली भई हल्का हिमपात हुने मौसमविदको अनुमान छ । मतपेटिका सदरमुकाम ल्याउन नसक्दा चिसोका कारण बिग्रन सक्ने आशंका छ ।

निर्वाचन आयोगले भने कोठाभित्र सुरक्षित राखिने भएकाले मतपेटिका बिग्रने संभावना नभएको दाबी गरेको छ ।

पहिलो चरणमा मतदान भएका ३२ जिल्लामध्ये डोल्पा बाहेकका अरु सबै जिल्लाको मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकाममा ल्याएर सुरक्षित रुपमा राखिएको आयोगले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार