समाचार सर्लाही : नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ
Ujyaalo

सर्लाही, मंसिर १३ - प्रहरीले सर्लाहीको बागमतीबाट ३ जना नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ ।

चुनाव विरोधी गतिविधि गरेको आरोपमा मंगलबार बेलुका ३५ वर्षका मानबहादुर वाईवा ५० वर्षका बुद्दीमान गोले र सिन्धुली घर बताउने ४८ वर्षका चन्द्रमान सिंंहलार्इ विस्फोटक पदार्थसहित प्रकाउ गरेको सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट डेटोनेटर, विद्युतीय तार लगायतका विस्फोटक पदार्थ फेला परेको जानकारी दिएको छ ।

 

 

Share It

Post Comments
थप समाचार