समाचार काभ्रेमा कांग्रेस उम्मेदवारलाई लक्षित गर्दै बम प्रहार
Ujyaalo

काभ्रे, मंसिर १३ –काभ्रेमा कांग्रेस उम्मेदवारलाई लक्षित गरेर बम प्रहार भएको छ ।

चुनाव प्रचारमा रहेका काभ्रे क्षेत्र नम्बर एको प्रदेशसभा ‘क’ का उम्मेदवार चन्द्रबहादुर लामा सिबीलाई लक्षित गरी रोशी गाउँपालिका वडा नम्बर १० वाल्टिङमा बम विष्फोट भएको हो ।

चुनावी प्रचारका क्रममा उहाँ चढेको गाडीलाई लक्षित गरी बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै क्षति भने नभएको र विष्फोट गराउनेको खोजी थालिएको प्रहरीले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार