समाचार ओखलढुंगाका दुई मतदान केन्द्रमा पुनः चुनाव गराउन वाम गठबन्धनको माग
Ujyaalo

ओखलढुंगा, मंसिर १३– मंसिर १० गते सम्पन्न ओखलढुंगाको सुनकोशी गाउँपालिकाको एक मतदान केन्द्रमा पुन: चुनाव गराउन वाम गठवन्धनले माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै वाम गठबन्धनले आरुभञ्ज्याङ निमावि दिप्सिङमा कांग्रेसले मतदान केन्द्र कब्जा गरेको आरोप लगाएका हुन् । मतदान केन्द्रमा आफ्ना कार्यकर्ता तथा मतदातालाई जान नदिई कांग्रेसले एकलौटी मतदान गरेको गठवन्धनको आरोप छ ।

वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला संयोजक एवं क्षेत्र नम्बर (ख) का उम्मेदवार मोहन खड्काले विज्ञप्ति जारी गर्दै बलखु लगायत सुनकोशीको वडा नम्बर ४, ५ र मोलुंग ४ मा भएका घटना छानविन गर्न माग गरेका छन् ।

मतपेटिका संकलन भैसकेपनि प्रतिनिधी सभाका एमालेका उम्मेदवार केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बलखुका दुईवटा केन्द्रको चुनाव स्वीकार्न नसकिने बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार