समाचार कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी
Ujyaalo

कैलाली, मंसिर १४– कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी भएको छ । नचिनेका मानिसको समूहले बिहीबार बिहान साढे ३ बजेतिर निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभाका उम्मेदवार रतन थापाको गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । 

लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी भएको हो । त्यो गाडी थापाले चुनावी प्रचारका लागि प्रयोग गरिरहनु भएको थियो । 

आगजनीमा संलग्नहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीका इन्चार्ज नैन बहादुर साउदले जानकारी दिनुभयो । 

Share It

Post Comments
थप समाचार