समाचार चुनावका लागि रोल्पामा कर्मचारी खटिए
Ujyaalo

रोल्पा, मंसिर ६ — पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि रोल्पामा १२७७ कर्मचारीहरु खटाइएको छ ।

जिल्लामा कायम गरिएको १६० मतदान केन्द्रका लागि सदरमुकामबाट मंगलबारदेखि कर्मचारीहरु पठाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । मतदान केन्द्र र मतदाताको संख्याको आधारमा प्रत्येक मतदान केन्द्रमा २ देखि ४ जना स्वयम्सेवकसमेत खटाइने गिरीले बताउनुभयो ।

जिल्लाका सबैभन्दा दुर्गम थबाङ, सुकीदह, सुनछहरी गाउँपालिकामा कर्मचारी पुग्न दुई दिन लाग्ने भएकाले मंगलवार नै उक्त क्षेत्रमा पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जनाएको छ ।

Share It

Post Comments
थप समाचार