समाचार कपिलवस्तुमा नमूना मतदान
Ujyaalo

कपिलवस्तु, मंसिर १४ – आउँदो बिहिबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको लागि कपिलवस्तुमा  मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ ।

स्थानीय तहको दोस्रो चरणको चुनावमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको पाइएपछि जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएको हो ।

कार्यालयले जिल्लाका ४ सय १० मतदानस्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई सदरमुकाम तौलिहवामा दुई दिने प्रशिक्षणको आयोजना गरेको छ ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।

स्वस्तिक छाप लगाएपपछि मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको छ ।

Share It

Post Comments
थप समाचार