समाचार लेखेर राख्नुस्, केन्द्र र सातवटै प्रदेशमा वामपन्थी सरकार बन्छ : नेता गुरुङ
Ujyaalo

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी, मंसिर १४ –नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले केन्द्र तथा ७ वटै प्रदेशमा वाम गठबन्धनले आफ्नो सरकार निर्माण गर्ने दाबी गर्नु भएको छ ।

मंसिर १० गते भएको पहिलो चरणको चुनावमा कम्तीमा प्रतिनिधिसभातर्फ २७ सिट जित्ने र २१ गते दोश्रो चरणमा हुने चुनावमा पनि एक सय सिटमा जित निकाल्ने दाबी गर्दै उहाँले सुविधाजनक दुई तिहाई बहुमतका साथ केन्द्र तथा सात वटै प्रदेशमा वाम गठबन्धले सरकार निर्माण गर्ने बताउनुभएको छ ।

‘लेखेर राख्नुहोस स्पस्ट रुपमा केन्द्र तथा ७ वटै प्रदेशमा सुविधाजनक बहुमतका साथ हामि सरकार बनाउछौ’, उहाँले भन्नुभयो, ‘एमाले एक्लै लड्दा पनि बहुमत ल्याउने अवस्था थियो अहिले दुई ठूला कम्यनिुष्ट पार्टी एक भएका छौँ ।’

बिहीबार कावासोतीमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले यस्तो बताउनु भएको हो ।पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले राष्ट्रियता , स्वाधिनताको रक्षा, मुलुकको सम्वृद्धि र संविधानको पूर्ण कार्यान्वयनको लागि वाम गठबन्धनकोे सरकार हुने बताउनुभएको छ ।

यस्तै चुनावको परिणामले पार्टी एकीकरणमा कुनै प्रभाव नपार्ने समेत उहाँले बताउनु भएको छ । उहाँले गठबन्धनले सोचेको जस्तो परिणाम नआए पनि एकीरणमा कुनै प्रभाव नपर्ने बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार