समाचार आचारसंहिता विपरित कांग्रेसले स्कुलमा कार्यक्रम राखेको भन्दै अरु दल आक्रोशित
Ujyaalo

विमल विष्ट उज्यालो ।

डोटी, मंसिर १५ – नेपाली कांग्रेस डोटीले आचारसंहिता विपरित स्कुलमा चुनावी आमसभा गर्न लागेको भन्दै अन्य दल आक्रोशित भएका छन् । डोटीको विकट मानिने बोगटान गाउँपालिकाको चवराचौतारा स्थित खत्याडी माबीमा कांग्रेसले आमसभा गर्न लागेको भन्दै अन्य दलका नेता तथा स्थानीयबासी आक्रोशित भएका हुन् ।

शुक्रबार दिउँसो आमसभा गर्नका लागि कांग्रेस नेता, कार्यकर्ता खत्याडी माबीमा बिहीबार देखि नै पाल टागेर बसेको एमाले काठमाडांै डोटी सम्पर्क मञ्चका अध्यक्ष तथा स्थानीय टेकबहादुर बल जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘विद्यालयमा आमसभा गर्न निर्वाचन आचारसंहिता बिपरित हो, कांग्रेस नेताले विद्यालयलाई कब्जामा लियर कार्यक्रमको तय गरेका छन् यसमा हाम्रो आपत्ति छ, यो काम रोकियोस ।’ आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रम रेहेको नेपाली कांग्रेस डोटीले जनाएको छ ।

विद्यालयमा कार्यक्रय गर्न थालेको भन्दै अन्य दलले भने प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने जनाएका छन् ।

Share It

Post Comments
थप समाचार