समाचार जिल्लामा बम विष्फोटका घटना बढेपछि उदयपुरका सिडिओलाई मन्त्रालय बोलाइयो
Ujyaalo

सुमित्रा कोइराला÷उज्यालो ।
उदयपुर, मंसिर १५ –चुनावमा सुरक्षा चुनौती बढेपछि उदयपुरका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिएका छन् । चुनावका बेला जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठलाई गृह मन्त्रालय तानिएको हो ।

गृह मन्त्रालयका अनुसार उदयपुरको प्रमुख जिल्ला अधिकारीमा प्रदिपराज कँडेललाई खटाउने तयारी भैरहेको छ । चुनावको महत्वपूर्ण समयमा शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप श्रेष्ठलाई लागेको छ । विगत ५ महिनादेखि उदयपुरमा कार्यरत प्रजिअले मंसिर ८ देखि १३ सम्म उम्मेदवारमाथि भएको बम आक्रमणको खटनामा संम्लग्न व्यक्ति पक्राउ गर्न नसकेको आरोप लाग्दै आएको थियो ।

गएको बुधवार उदयपुरगढी गाउँपालिका वडा नं. ६ दनुवारबेसीमा प्रतिनिधिसभा उदयपुर क्षेत्र नं. २ का उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी विद्युतीय धरापमा परेपछि प्रजिअ विवादमा आउनुभएको थियो । प्रमुख जिल्ला अधिकारीले घटनामा संलग्न व्यक्तिलाई पक्रन आलटाल गरेको आरोपसमेत जिल्लाका राजनीतिक दलले लगाएका थिए ।

Share It

Post Comments
थप समाचार