समाचार नेपाल भारत सीमामा यसरी हुँदैछ सुरक्षा गस्ती
Ujyaalo

दाङ, मंसिर १५ –आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई मध्यनजर गर्दै दाङको सीमा ईलाकामा सुरक्षा ब्यबस्था कडा पारिएको छ ।
सीमामा चुनाव विरोधी तत्वको घुसपैठ तथा विष्फोटकजन्य पदार्थह?को ओसारपसार नियन्त्रणका लागि भारतीय सशस्त्रसीमा बल एसएसबी र सशस्त्र प्रहरी बल नेपालले सयुक्तरुपमा गस्ती सञ्चालन गरिरहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कोइलाबासका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङ्गका सीमा नाकाह? कोइलाबास, मुसी, खवरी, सिरिया, पटौली, खाङ्ग्रालगायतका नाकामा सुरक्षा गस्ती तीव्र पारिएको छ । सशस्त्र प्रहरी बल नेपालले २४ सै घन्टा सीमाक्षेत्रमा सुरक्षा गस्ती गरिरहेको र हालसम्म दाङ्गको सीमा क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय दाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिलिपकुमार शर्माले बताउनु भयो । दाङमा झण्डै ८३ किलोमिटर भारतसँग सीमा जोडिएको छ भने ३१ वटा सीमा नाका रहेका छन ।

 

Share It

Post Comments
थप समाचार