समाचार पार्टीको प्रचारमा लागेका मतदान अधिकृत विरुद्ध उजुरी
Ujyaalo

बारा, मंसिर १६ – बाराको कलैया उपमहानगरपालिका –२६ सिस्वा महेशपुरको राधाकृष्ण प्राथमिक विद्यालय ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत रविन्द्र गिरीलाई कारवाहीको माँग गर्दै उजुरी परेको छ ।

गिरीले संघीय समाजवादी फोरमका उम्मेदवारको पक्षमा सार्वजनिक मञ्चमा प्रचार–प्रसार गरेको भन्दै मतदान अधिकृत गिरीलाई कारवाहीको माँग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

नेपाली कांग्रेसका प्रतिनिधि राजबहादुर यादवले प्रचार–प्रसार गर्दै गरेको फोटो सहित निर्वाचन अधिकृतको कार्यालयमा गिरी विरुद्ध उजुरी दिनुभएकाे हो । मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले मतदान अधिकृत गिरी विरुद्ध उजुरी परेको जानकारी गराउँदै कारवाहीको प्रक्रिया अगाडि बढार्इएकाे बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार