समाचार जाजरकोटका चुनावस्थल तर्फ लागे कर्मचारी
Ujyaalo

मसिंर, ६ – मसिंर १० गते हुने पहिलो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा खटिएका जाजरकोटका कर्मचारीहरु सम्बन्धित मतदान स्थलतर्फ प्रस्थान गरेका छन् ।

केही मतदान स्थलहरु भने टाढा भएकोले मंगलबार नै कर्मचारी पठाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभयो ।

जिल्लाको बारेकोट गाँउपालिका र जुनिचाँद गाँउपालिकामा खटाइएका कर्मचारी र सुरक्षाकर्मीलाई त्यस तर्फ पठाइएको शाहीले वताउनु भयो ।

कर्णालीका जुम्ला, मुगु र कालिकोटसँग सिमाना जोडिएका ति गाँउपालिका सदरमुकाम देखि झण्डै २२ कोष टाढा रहेका छन् । पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने चुनावमा जाजरकोटमा ८५ मतदान स्थलमा एक सय १६ मतदान केन्द्र रहेका छन् ।

Share It

Post Comments
थप समाचार