समाचार मन्त्रीलाई लक्षित गरेर राखेको बम सेनाद्धारा निष्क्रिय
Ujyaalo

पुरुषोत्तम गिरी/उज्यालो ।

सल्यान, मंसिर १६ – सल्यानको सितलपाटी श्रीनगरमा राखिएको सुतली बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

बिना विभागिय मन्त्री टेकबहादुर बस्नेतको निवास छेउकै निर्माणधिन घरको ढोकामा राखिएको बम नेपाली सेनाको टोलीले शनिबार दिउँसो निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका –१ श्रीनगरमा खुमबहादुर सुनारको निर्माणाधिन घरको ढोकामा भेटिएको प्रहरीले जनाएको छ । घरमा राखिएको बम देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

यस बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सेनाले सुरक्षित रुपमा बम निष्कृय पारेकोले कुनै मानविय क्षति नभएको प्रहरीले बताएको छ ।

माओवादी सचिवालय सदस्य समेत रहेका बस्नेत सल्यानबाट वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उमेदवार हुनुहुन्छ । बम राख्नेको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Share It

Post Comments
थप समाचार